बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शिव नमुना विद्यालयमा हरित कार्यक्रम

शिव नमुना विद्यालयमा हरित कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

नवलपुर/ कावासोतीको शिव नमूना माविले विद्यालय हरित कार्यक्रमअन्तर्गत विद्यार्थी लक्षित सैद्धान्तिक र प्रयोगात्मक गतिविधि गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत कक्षागत विद्यार्थी प्रतिनिधिलाई गमलामा विरुवा रोपण सम्वन्धि कार्यशाला गरेको हो ।

नर्सरी प्राविधिकको सैद्धान्तिक र प्रयोगात्मक कार्यले विद्यार्थीमा पाठ्यक्रमको ज्ञान सँगसँगै सीप, संस्कृति र संस्कारप्रति भावना जागृत हुने उदेश्य सहित कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए ।

सहभागी विद्यार्थीलाई गमलामा फूललगायतका विरुवाहरु रोप्दा गमला छनौटदेखि माटो, वालुवा मलखादको मिश्रण र विरुवा रोप्ने तरीका प्रयोगात्मक रुपमा सिकाउनुका साथै सैद्धान्तिक रुपमा स्वस्थ विरुवा छनौट, बीउ, गानो, काण्डबाट हुर्काउन सकिने विरुवाका प्रजाति, विरुवा रोपणमै सावधानी नअपनाउँदा विरुवामा रोग लाग्ने वा मर्ने कारणहरु, मलजलको मात्रा प्रयोग गर्दा दिनुपर्ने ध्यान लगायतका आधारभूत र प्रारम्भिक ज्ञान प्रदान गरिएको कावासोती १६ डण्डाको अंकुर नर्सरीका सञ्चालक एवं नर्सरी सम्वन्धि प्राविधिक टेकबहादुर कुवरले बताए ।

कार्यक्रमको संयोजन गरेका विज्ञान संकायका प्राध्यापक एवं रसायनशास्त्री तेजनारायण चापागाईंले विद्यार्थीले सिकेका सीपलाई विद्यालयसँगै घरमा समेत अभ्यास गर्न सक्ने बताए । उनीहरुको सिकाइलाई पुनर्ताजगी राखिराख्न पनि तालिममा सहभागी विद्यार्थीलाई प्रत्येक कक्षा कोठा अगाडी फूलसहितका गमला कार्यक्रम गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->