बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

देवकुमार नेपालीविरुद्ध जारी भयो ‘रेडकर्नर नोटिस’

देवकुमार नेपालीविरुद्ध जारी भयो ‘रेडकर्नर नोटिस’

विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले रेडकर्नर नोटिस जारी गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८०, बिहिबार

बागलुङ / सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार भएका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले वताए । विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले रेडकर्नर नोटिस जारी गरेको हो ।

‘विश्वको जुन कुनामा भएपनि पक्राउ गरेर नेपाल ल्याउन र बचतकर्ताको रकम फिर्ता गर्नका लागि रेडकर्नर नोटिस जारी गएिको हो’, डिएसपी केसीले भने, ‘अब विश्वभर इन्नटरपोलमा आवद्ध देशहरुका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरिनेछ।’

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका थिए । बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम लिएर फरार भएका हुन् ।

मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ।

सोही आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->