बागलुङ / उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता रमेश बहादुर खड्का निर्वाचित भएका छन् । शनिवार भएको अधिवेसनमा सहमति कायम गर्न बनेको सहजीकरण समितिले रमेशबहादुर खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेको छ ।
बिहिवार उमेदवारका लागि आब्हान गरेको मनोनयनका उमेदवार हटाएर नयाँ अध्यक्ष घोषणा गर्न सिफारिस गरेपछि निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।
समितिको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा उमाशंकर सापकोटा, सहसचिवमा लक्ष्मी जिसी कार्की र कोषाध्यक्षमा लक्ष्मी बास्कोटा रहेका छन् ।
समितिको सदस्यमा डिल्लीराज गौतम, हरिप्रसाद गौतम, ज्ञानेन्द्रराज पन्त, गोविन्द प्रसाद ओझा, बिष्णुप्रसाद शर्मा, तेजेन्द्रबहादुर थापा, युक्तजंग राजभण्डारी र संजीवकुमार श्रेष्ठ छन् । केन्द्रीय पार्सदमा निरन्जन लाल राजभण्डारी, सरिता केसी, रामराज कंडेल र बलराम शर्मा निर्वाचित भएका छन् ।
अध्यक्ष खड्काले बारलाई चुस्त दुरुस्त र थप क्रियाशिल बनाउँदै सवैको सहयोग र सहकार्यमा अगाडि बढाउने बताए ।
सहजीकरण समितिको आग्रहमा निर्वाचन समितिले यसअघि दर्ता भएका उमेदवारमध्ये अध्यक्षमा नयाँ दर्ता गर्ने समय दिएर दुइ अध्यक्षका उमेदवारलाई हटाएको हो । अध्यक्ष पदका लागि उमेदवारी दिएका भूमिश्वर गौतम र हरिकृष्ण सुवेदी दुवैलाई अध्यक्ष उमेदवारबाट हटाएर उपाध्यक्षको उमेदवारी दिएका खड्कालाई अध्यक्ष बनाएको हो ।
‘हलबाट बनेको मेलमिलाप गर्ने समितिले ल्याएको लिस्टलाई सार्वजनिक गरेका हौं’ बरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका संयोजक पद्मनाथ शर्माले भने, ‘उमेदवारी दर्ता दुइ दिनअघि सकिएको थियो, मेलमिलाप समितिले आग्रह गरेपछि शनिबार केहीबेर म्याद थपेर नामाबली दर्ता गरेका हौं ।’





