बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुविधा सहकारीको वार्षिक साधारणसभा

सुविधा सहकारीको वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८०, आइतबार

बागलुङ/सुविधा सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीको साधारणसभा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे ।

खड्काले पछिल्लो समय सहकारीहरुमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सबै सहकारी समस्यामा नरहेको तर केही सहकारीका कारण शेयर सदस्य र बचतकर्ताको रकम जोखिममा परेको बताए । जिल्लाभित्र स्थापना भएका भन्दा बाहिरी जिल्लाबाट सेवा विस्तार गरेर आएका सहकारीहरुमा धेरै समस्या देखा परेको खड्काले बताए । बागलुङ नगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका सहकारीको नियमन र अनुगमन तथा सवनियन्त्रण्लाई चुस्त बनाउँदै लगिएको खड्काले बताए ।

साधारणसभामा बोल्दै सहकारीका अध्यक्ष पुनम शर्मा अहिले केही सहकारीमा देखिएको मनोमानी सदस्यहरूले आफ्नो भूमिका निर्वाह नगरेका कारण बताउँदै आफ्नो अधिकार के हो भन्ने विषयमा धेरै सहकारीका सदस्यलाई जानकारी हुन आवश्यक रहेको बताए ।

साधारणसभाले आर्थिक बर्ष २०७९÷०८० को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत पास गरेको छभने चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ । बागलुङ नगरपालिकामा चालु आव २०७९÷०८० को साधारणसभा गर्ने पहिलो सहकारी हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->