नेपालमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ । एकात्मक राज्य प्रणालीबाट संघीय गणतान्त्रिक मुलुक घोषणा भएको यो अवधिमा नेपालले राजनीतिक उपलब्धि त पायो तर आर्थिक र सामाजिक दृष्टिकोणले अझै धेरै चुनौतीको सामना गर्न बाँकी नै छ ।
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको हो । शाहवंशीय राजसंस्था नागरिकको हैसियतमा आयो भने जनता सार्वभौम बने । समानुपातिक र समावेशी प्रतिनिधित्वको सिद्धान्त अपनाएर विभिन्न जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकलाई राज्यको मूलप्रवाहमा समेट्ने संकल्प राज्यले लियो । संविधानसभाको पहिलो चुनावपछि जनताबाट निर्वाचित संसद्ले राष्ट्रप्रमुख चुन्यो । जननिर्वाचित संविधानसभाबाट संघीय शासन व्यवस्था सहितको संविधान जारी भयो । यी नेपालका अभूतपूर्व राजनीतिक उपलब्धिहरु हुन् ।
असल शासन र कुशल प्रशासन : सुशासन
राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । यो जनमुखी शासन व्यवस्था हो । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ ।
अब यसरी हरेक क्षेत्र र सम्बन्धित पक्षहरु आ–आफ्नो तर्फबाट स्थीतिको शासन अबलम्बन गर्ने हो भने मात्र हाम्रो देश नेपाल साच्चै सुशासित बन्न सक्ने कुरामा दुई मत रहदैन । म भन्ने पात्र हरेक क्षेत्रको भुमिकामा रहेको छ जसलाई फरक–फरक एंगलबाट अहिलेको परिस्थितिमा विश्लेषण गरिएको छ ।
१. राजनैतिक दल/नेता म;– म नेपालको विकासको लागि असल नीति नियम लागु गरि सुशासन कायम गर्नको लागि सार्वभौमसत्ता नेपाली जनताको अमुल्य मतबाट चुनिएको सांसद हुँ । समृद्ध नेपाल सुखि नेपालि बसोबास गर्ने देश नेपाललाई परिचित गर्न मेरो गहन भुमिका रहेको छ । आम नागरिकको आर्थिक सक्षमता अभिवृद्धि गर्नको लागि मात्र मैले मेरो भुमिका रहेको छ, त्यसैले भष्ट्राचार, ढिलासुस्ती, हैकमवादलाई मैले सधै–सधै को लागि नेपालबाट अन्त्यको लागि विशेष पहल गर्दै नागरिक हक हितको लागि काम गर्नुपर्नेछ त्यो म नै हुँ ? (सांसद–जनताको प्रतिनिधि) । म सरकारको सिंदुर पहिरदा म कुन स्थितिमा थिए ? मैले दैनिक रुपमा आमनागरिकको जीवन निर्वाहको लागि रुपान्तरण सहितको कार्य के गरे ? हरेक दिन मनले चिन्तन गर्दै भोलिको मेरो काम के हो ? त्यसमा तल्लिन भएर ५ वर्षको लागि योजना बनाएर काम गर्नुपर्छ । संसदको गरिमा, पद, कुर्सि, तलब भत्ता आदि राज्य व्यवस्थाले सिर्जना गरेका लाभहरुको सहि रुपमा प्रयोग गरि देशको आर्थिक विकासको लागि काम गर्ने भन्ने मात्रै सकारात्कम सोचका साथ म अगाडि बढ्न जरुरि छ । म जनताबाट चुनिएको सांसद म नै हो भन्ने गर्भ लाग्ने गरि त्यो सांसदको साख सगरमाथाको चुचुरोमा पुर्याउन पर्ने छ । म अब त्यसरि नै लाग्ने छु, काम गर्नेछु । साम, दण्ड, भेदको आधारमा आज यसलाई लडाऊँ, भोलि उस्लाई लडाऊँ अनि मलाई मात्र फाईदा हुन्छ भन्ने पद र कुर्सिको खेल बन्द गरि मेरो जिम्मेवार अनुसार म अगाडि बढ्नेछु । यसरि हरेक सांसद (म) जस्तै सोचको विकास गरेर काम गर्नेको भने हाम्रो देश हामिले लिएको नारा समृद्ध र सुखि नेपालीको रुपमा अगाडि बढने कुरामा दुईमत रहन्न होला ।
२. राष्ट्रसेवक कर्मचारी (निजामति, न्याय, सुरक्षा, शिक्षक लगायत सबै) म
म संघीय लोकतन्त्रात्मक व्यवस्थाले सिर्जना गरेको अवसरहरु आमनागरिमाझ पुर्याउने र सरकारको ऐना देखाउने भनि सपथ खाएर निजामती कर्मचारीमा प्रवेश गरको छु ।
मुलुकको समग्र जिम्मेवारी वहन गर्ने सयन्त्रको रूपमा रहेको “सार्वजनिक प्रशासन” देशको शासन व्यवस्था सञ्चालन र राज्यको उद्देश्य एवं कानुन कार्यान्वयन गर्ने सबैभन्दा महत्त्वपूर्ण माध्यम हो । सार्वजनिक प्रशासनको क्षेत्रमा राज्य र नागरिकको हितको लागि सार्वजनिक नीति निर्माणमा सहयोग गर्ने, प्रतिपादित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने तथा शान्ति, सुव्यवस्था एवं सुशासन कायम राख्ने र विकास व्यवस्थापन गर्ने उद्देश्यले स्थापित प्रशासन संयन्त्र र त्यसमा क्रियाशील कर्मचारीहरूको समष्टिगत रूप नै कर्मचारीतन्त्र हो ।
योग्यता प्रणालीबाट छनौट भएका योग्य, दक्ष, कुशल मानव संसाधनयुक्त संयन्त्रको रूपमा रहेको र स्थायी सरकार पनि भनिने कर्मचारीतन्त्रे राजनीतिक नेतृत्वले गरेका निर्णय वा बनाएका योजना कार्यान्वयन गर्ने मात्र नभएर राजनीतिक नेतृत्वको सल्लाहकारको रूपमा समेत काम गर्दछ । लोकतान्त्रिक अभ्यासमा नागरिकलाई सघाउने, अधिकारमा पहुँच दिने, जनचाहना एवं आवश्यकताहरूको अभिलेखन गर्दै सरकारसँग जनताको सम्पर्क स्थापित गर्ने माध्यम निजामती कर्मचारीहरू नै हुन् । प्रभावकारी जनसम्पर्कबाट जनता र राज्यबिचको सामाजिक सम्झौता नवीकरण हुने एवं सरकारको वैधानिकता परीक्षण हुने हुँदा राजनीतिक प्रणालीको सारथिको रूपमा पनि कर्मचारीतन्त्रलाई लिने गरिन्छ ।
कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई राज्यको चौथो बाहुको रूपमा लिने गरिन्छ । कर्मचारीतन्त्र मुलुकको निर्णायक शक्ति पनि हो । यसो भनिरहँदा कर्मचारीतन्त्र शासकका रूपमा भने स्थापित हुनुहुँदैन । उनीहरू जनताका असल सेवक बन्न सक्नुपर्छ । नेपालमा राजनीति र प्रशासन दुवै पक्षसँग जनता सन्तुष्ट छैनन् । दुवै पक्षमाथि भ्रष्टचारमा डुब्ने गरेको र जनताको काम राम्ररी नगरी स्वार्थ र अवसरवादितामा रम्ने गरेको आरोप लाग्दै आइरहेको छ । आखिर राष्ट्रसेवकका रूपमा चिनिने कर्मचारीमाथि पटकपटक किन यस्तो गम्भीर आरोप लाग्ने गर्छ त ? आत्मसमीक्षा गरेर सच्चिन ढिलाइ गर्नुहुँदैन । कर्मचारीतन्त्र भनेको त स्थायी सरकार हो । स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रले जनताको करबाट ३०औ वर्षसम्म सेवा सुविधा लिने गर्छन् । त्यति मात्रै नभई सेवानिवृत्तपछि पेन्सनसमेत पाउने गर्छन् । यस्तो खालको सुविधा राजनीतिक नेतृत्वलाई छैन । त्यसैले मुलुक बनाउने ठूलो जिम्मेवारी स्थायी सरकारको रूपमा रहेका कर्मचारीको काँधमा पनि छ ।
३. राज्यको चौथो अंग पत्रकार म
नेपाली पत्रकारिता गतिशील छ । विगतमा सरकारी सञ्चारमाध्यम पत्रिका र टेलिभिजनमा रमाइरहँदा निजी क्षेत्रको पत्रकारिताले श्यामश्वेत पत्रिका प्रकाशन गरी सूचना दिने गरेको थियो । सो चरणबाट तीन दशकको अवधिमा अनलाइन पत्रिका, अनलाइन रेडियो र अनलाइन टेलिभिजनको अभ्यासले व्यापकता पाएको छ । यी सफलताका कारण पनि नेपाली पत्रकारिताले सङ्कटको यो समयमा समाज र मुलुकका लागि विशेष योगदान दिन सक्यो ।
छापा माध्यमहरूले पत्रिका प्रकाशन गर्न नसके पनि अनलाइन माध्यमले भने सूचना प्रवाहमा कुनै सम्झौता गरेनन् । अझ रोचक के छ भने स्थापित सबै छापा माध्यम अहिले अनलाइन पत्रिकाको जगतमा समेत आइसकेका छन् । समयको मागलाई बुझ्दै अनलाइन संस्करणसम्म आउनुले पनि नेपाली पत्रकारिताको गतिशील क्षमतालाई दर्शाउँछ ।
सञ्चारको माध्यममा गतिशीलता सबैभन्दा राम्रो पक्ष भए पनि यसमा सुधार गर्नुपर्ने थुप्रै विषय देखिएका छन् । जस्तो कि सतही पत्रकारिताले यतिबेला ठूला साना, सबै सञ्चार संस्थालाई गाँजेको अवस्था छ । कोभिड विशेष अस्पतालमा भएका चरम लापरबाहीका घटनाहरू सञ्चार माध्यममा आउन सकेनन् । जनस्वास्थ्यजस्तो गम्भीर विषयमा गरिएको खेलवाडलाई बाहिर ल्याई सार्वजनिक गर्ने काममा सफलता पाउन सकेको भए यो अझ जनहितको पक्षमा ठूलो सफलता हुन्थ्यो । सरकारी निकायलाई खबरदारी गर्नसमेत सकिन्थ्यो । यस्तो देशको स्थितिमा म पत्रकार भएको हैसियतले खोजमुलक तवरबाट तथ्यपरक रुपमा स्थलगत अवलोकन गरेरमात्र जनचेतनाको लागि समाचार सम्प्रेषण गर्दछु । कुनै राजनीतिक दलको स्वार्थको पछि नलागि सरकार र नागरिक वीचको पुलको रुपमा काम गर्नेछु । म नितान्त पत्राकारिताको आचारसंहिता भित्र रहेर गतल कुराको गलत अर्थ नलगाई रचनात्मक सुझावको लागि सदैब तल्लिन रहनेछु । मेरो पेशाप्रति बफादार रहेर सरकारका कामकारवाहिलाई पार्दर्शितामा लैजादै सुशासन कायम गर्नको लागि कुनै दलमा आवद्ध नभई आमजनताका गुनासा र सरकारको सेवा प्रवाहलाई जोड्ने पुलको रुपमा मैले काम गर्दछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यस्तो सोचको विकास भई पत्रकारिता क्षेत्र अगाडि बढ्छ अनिमात्र देशमा स्थीतिको शासन कायम हुन मद्धत पुग्छ ।
४. नेपाल विकास निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीको प्रमुख ठेकेदार म
म जिम्मेवार ठेकेदार नेपालमा हामी व्यवसायीहरुले निर्माण क्षेत्रलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने सम्बन्धमा राज्य पक्षलाई लामो समयदेखि नै झक्झक्याउँदै आएका भएपनि हाम्रा समस्या समाधान सम्बन्धमा कसैले पनि चासो राखेको अवस्था छैन । अहिलेसम्म यो क्षेत्रलाई कमिसनतन्त्र व्यापक रुपमा चल्ने व्यवसायको रुपमा नै हेरिँदै आएको अवस्था छ । व्यवसायलाई सुरक्षित र व्यवस्थित तवरले सञ्चालन गर्नुपर्छ भन्नेमा हामीले विशेष जोड दिनु आवश्यक छ । यस व्यवसायमा संलग्न व्यक्तिहरुलाई राज्य पक्षबाट हेरिने दृष्टिकोण र गरिने व्यवहार सकारात्मक नहुनु मात्र नभई राज्यबाट व्यवसायीको पक्षमा कुनै पनि नीतिहरु नबन्नु र व्यवसायीका आवाजहरु सुनुवाई नहुनु दुखद कुरा हो ।
मैले राज्यलाई तिरेको करबाट गुणात्मक रुपमा काम गर्ने, समयमा काम सम्पन्न गर्न पहल गर्ने, दिगो र दरिलो पूर्वाधार निर्माण गर्ने लगायतका सम्बन्धमा अहिले सम्म कसैले पनि नसाचेका तर यस क्षेत्रबाट आफूअनुकल कसरी फाईदा लिने भन्ने सम्बन्धमा कर्मचारीतन्त्र, राजनीतिक दल लगायत समेत लागिरहेको कारण यो क्षेत्र तुलनात्मक रुपमा अझ कमजोर बन्दैछ । यसलाई सम्बोधन गर्न जबसम्म दरिलो ऐन आउँदैन, व्यवस्थापन पक्ष दरिलो हुँदैन, आफूलाई पैसा आम्दानीको माध्यमको रुपमा मात्र यस क्षेत्रलाई हेरिन्छ, तबसम्म यो क्षेत्र सुधार हुनेमा कुनै अपेक्षा गर्न सकिँदैन । त्यसैले म ठेकेदारको हैसियतले आजैबाट ढिलासुस्ति, कमिशन, राजनीतिक संरक्षण लगायतका विषयलाई त्यागेर आफ्नो पेशालाई असल व्यवसायिक धर्मलाई आत्मसाथ गरि विकास निर्माणका कार्यलाई गुणस्तरीय रुपमा, तोकिएकै समयमै, कसैलाई घूसपेश नगरि काम सक्ने प्रतिवद्धता सहित अगाडि बढ्ने छु र आफुमाथि लागेको आरोपहरु सफल कार्य गरेर आफ्नो पेशालाई मर्यादित तुल्याउन सकेमात्र देशमा स्थीतिको शासन कायम हुन मद्धत पुग्छ ।
५. विजनेशम्यान/व्यापारी म
म देशको ठुलो विजनेशम्यान हुँ । व्यापारमा नाफाको सिद्धान्त हुन्छ । नेपाल सरकारले तोकेको मुल्य, गुणस्तर, समय, नाफा लगायतका विषयमा म ईमान्दार साथ व्यापार गर्छु र लगानीको प्रतिफलको स्वाद लिएर मेरो जीवन नेपाल मै उत्सर्ग गर्दछु । म व्यापारीले ठगे, दुईनम्बरी गरे भन्ने आमजनमानसबाट बाहिर निस्कन सक्छु, किनकि मैले वस्तु र नागरिकबीचको पुलको काम गर्दछु । त्यसैले मैले निश्वित फाईदा खान्छु भलै होला म छिट्टै धनि नबनेतापनि म मेरो परिवार पालिने गरि व्यापारमा गर्छु, लगानी गर्छु । यो नै मेरो संसार हो भन्ने सोचले गरेको व्यापर व्यवसायले मात्रै देशमा स्थीतिको शासन कायम हुन मद्धत पुग्छ ।
६. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको जिम्मेवार नागरिक म
संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुवात भएको मेरो देश । संविधानमा नागरिकका मौलिक हक व्यापक रुपमा समेटिएको साथै नागरिकका चार वटा कर्तव्य स्पष्ट सुचिकृत भएको छ । कानुन भन्दा माथि कोहि हुदैन, संविधान देशको मुल कानुन हो, संविधानको भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ४८ मा नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछनः–
क) राष्ट्रप्रति निष्ठावान हुदैँ नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, र अखण्डताको रक्षा गर्नु,
ख) संविधान र कानूनको पालना गर्नु,
ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।
यी कर्तव्यको पुरा गर्दै म जुनसुकै राजनीतिक दलको पार्टि सरकारमा रहेपनि राम्रा–राम्रा कामको समर्थन गर्दछु । सरकारले लिएका विकासका नीति तथा कार्यक्रममा म सहमत हुदै ती कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरकारलाई देश विकास प्रेमिको हैसियतले पूर्ण समर्थन गर्नेछु ।
निष्कर्षः
यहाँ हरेक क्षेत्र म मात्र हो, मैले मात्र गरे हुन्छ, त्यो जस मैले मात्र लिन पाए हुन्थ्यो, म ठुलो हुनुपर्छ, मैलेमात्र धन कमाउन पाए हुन्थ्यो आदि यस्तै यस्तै अहंकारले मासिदै छ ? भाडभेलो हुन्छ । सहकार्य र सहअस्तित्वलाई आत्मसाथ गर्न नसकेको अवस्था माथि उल्लेखित विभिन्न क्षेत्रका म पात्रले दर्शाउछ । संघीय शासन प्रणालीलाई सफल बनाउनको लागि हरेक क्षेत्रमा देखिएका अविश्वासका छलाङहरुलाई मेटाउदै आफ्नो क्षेत्र कसरी शुद्धिकरण गर्ने भन्ने विषयमा सोचेर काम गर्न सकेको खण्डमा मात्र देशमा सुशासन आउने छ र समृद्ध नेपाल सुखी नेपालीको नाराको आशय पूर्ण हुनेछ ।



