बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घरपालुवा जनावर खाँदै आएको बाघ नन्दपुरबाट समातियो

घरपालुवा जनावर खाँदै आएको बाघ नन्दपुरबाट समातियो


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८०, बुधबार

नवलपुर / मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खाँदै आएको बाघ समातिएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर-२ को नन्दपुरबाट निकुञ्जको टोलीले मंगलबार राति उक्त बाघलाई समातेको हो ।

बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । उक्त बाघले चार दिनअघि बाघले नन्दपुरकै हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको हो । त्यसको अघिल्लो दिन त्यही क्षेत्रमा ७ वटा बाख्रा र एउटा बंगुर मारेको थियो ।

निकुञ्जको टोलीले मध्यविन्दुमै सोमबार ७ महिनाको पोथी बाघ नियन्त्रणमा लिएको थियो । मंगलबार राति समातिएको बाघलाई कसरा लगिएको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जका खोरमा पहिले नै अन्य ठाउँबाट समातिएका बाघ रहेकाले नियन्त्रणमा लिइएका थप बाघ राख्न समस्या देखिएको उनको भनाइ छ ।

‘चितवन निकुञ्जमा बाघ राख्ने खोर ५ वटा छ त्यहाँ ५ वटै बाघ राखिसकिएको छ,’ सूचना अधिकारी तिवारी भन्छन्, ‘पर्सामा रहेको २ वटा खोरमा ३ वटा बाघ थुनिएको छ । एउटा खोरलाई पार्टिसन गरेर दुईवटा बाघ राखिएको छ । बाँके र बर्दिया निकुञ्जमा रहेका २/२ वटा खोर पनि प्याक छ । समातिएको बाघ कहाँ राख्ने भन्ने चिन्ता छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->