बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘सहकारीलाई सदस्यमुखी बनाउनुपर्ने’

‘सहकारीलाई सदस्यमुखी बनाउनुपर्ने’


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार

बागलुङ/शेयर सदस्यभन्दा बाहिर बचत तथा ऋणको कोरोवार गर्दा सहकारीहरु संकट नजिक पुगेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सहकारी नियमावली र कार्यबिधिमा टेकेर कारोवार गर्ने कुनै पनि सहकारी संकटमा नपर्ने उनीहरुको धारणा थियो ।

बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङको १३ औ साधारणसभाअन्तर्गत बागलुङ बजार सेवा केन्द्रको साधारण सभालाई सम्बोधन गर्दै बानपा २ का वडा अध्यक्ष सुरज बोसेलले सहकारी सदस्यमुखी हुनुपर्ने बताए । उनले राज्यका निकायहरुले पनि सहकारीका काम कारवाहीमा निगरानी बढाउनुपर्ने बताए ।

बागलुङको बलेवा नारायणस्थानमा मुख्य कार्यालय रहि बागलुङ बजार, बानपा १२ अमलाचौर र बानपा १३ पैयुपाटामा सेवा केन्द्र स्थापना गरी संचालन भएको संस्थाको बजारसेवा केन्द्रको साधारणसभा सम्पन्न भएको ।

कार्यक्रममा पत्रकार महासंघका सचिव बिजय राना र सेवा केन्द्रका सल्लाहकार टिकाराम शर्माले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारीको बारेमा जानकारी दिदै संस्थाका प्रवन्धक भरत पौडेलले सहकारीमा हालसम्म २ हजार २ सय ३३ शेयर सदस्य रहेको बताए ।
सो अवसरमा उत्कृष्ट कारोवार गर्ने सागर सुवेदी, बाबुराम लम्साल र नारायणप्रसाद पौडेललाई सम्मान गरिएको थियो । २९ गते हुने केन्द्रिय साधारणसभाका लागि बागलुङ बजार सेवा केन्द्रबाट संयोजक चन्द्रप्रकाश शर्मा गणेश, सचिव तारानाथ आचार्य र कल्पना सुवेदीलाई प्रतिनिधी छनौट गरिएको प्रबन्धक पौडेलले जानकारी दिए ।

कार्यक्रम सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा गणेशको अध्यक्षता, सहसंयोजक प्रकाश शर्माको स्वागत र सचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->