बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सबैलाई मिलाएर लैजान्छु : नवराज

सबैलाई मिलाएर लैजान्छु : नवराज


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८०, बिहिबार

बागलुङ/ एमालेको प्रथम गण्डकी अधिबेशनबाट निर्वाचित भएका अध्यक्ष नवराज शर्माले निर्वाचनलाई प्राविधिक विषयको रुपमा बुझ्न आग्रह गरेका छन् । निर्वाचनबाट हारजीतभन्दा पनि नेतृत्व छनोटको प्रक्रियामा अघिपछि भएको बुझ्नुपर्ने भन्दै उनले निर्वाचित भएपछि सबैलाई एकसाथ अघि बढाउन आफू तयार रहेको बताए ।

शर्माले पछिल्लो समय एमालेलाई कमजोर बनाउन लागेका प्रतिस्पर्धा शक्तिहरुले एमालेभित्रै बिग्रह ल्याउने प्रयत्न गर्ने गरेको आरोपसमेत लगाए । शर्माले आउँदो निर्वाचनमा एमालेलाई कुनै पनि तहमा हार्ने छुट नरहेको भन्दै देश र जनताका लागि एमालेको जीत सुरक्षित गर्न आ–आफ्नो तर्फबाट सवै लाग्नुपर्ने बताए ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य लीलबहादुर थापा, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले बोलेका थिए । जिल्ला अध्यक्ष हीराबहादुर केसीको अध्यक्षता, सचिव विष्णु भुसालको सञ्चालन र उपाध्यक्ष लक्ष्मण पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->