बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड

घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८०, आइतबार

बागलुङ / दसैंको पहिलो दिन आइतबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन पुगेका छन् । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ धेरै भक्तजन आउने गर्छन् ।

जिल्लाबाहेक चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । घटस्थापना गरेर आइतबार कालिका मन्दिरमा जमरा समेत राखिएको खड्काले जानकारी दिए ।

सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजनले पनि बागलुङ कालिका दर्शन गरेर मात्र फर्कन चाहेपछि मन्दिरमा भीड थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन पर्‍यो भनेर आयौं,’ चितवनका रत्न सापकोटाले भने, ‘कालिकाप्रति हाम्रो आस्था छ ।’ बेलाबेला कालिका मन्दिरमा आउने गरेको उनले बताए ।

विद्यालय र कलेज बन्द भएर फर्कनेहरुले पनि घटस्थापनाको दिन कालिका दर्शन गरेर मात्र फर्कने भएकोले आइतबार दिनभरि नै भक्तजन आइरहने गर्छन् । होटल संघका अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ भएका छन् । दसैंको टीकाको दिन बाहेक दसैंभर भक्तजनले होटलका कोठा भरिन्छन् ।

कालिका मन्दिरमा कति भक्तजन आएका छन् भन्ने यकिन तथ्यांक राख्ने चलन छैन । तर खपत भएका नरिवल र बलीको संख्याको आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैंमा ४ लाखभन्दा बढी नरिबल बिक्री भएको तथ्यांकले सोही संख्यामा भक्तजन आउने अनुमान खड्काले गरे । चै

तेदसैंमा पनि यहाँ सयौंको भीड लाग्छ । ५ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएको स्थानीय जानकारहरुले बताए । प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्न सैनिक, प्रहरी लगायतका जंगी अड्डा क्षेत्रका पदाधिकारी समेत आउने गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->