बागलुङ / जिल्लाको काठेखोला-२ भीमापोखरा वडा कार्यालयले बडादशैं, दिपावली, नेपाल सम्वत, छट पर्वको पूर्व सन्ध्यामा विहिवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो ।
सो अवसरमा शुभकामना दिने वक्ताहरुले नेपालीको छुट्टै पहिचान बनाएका चाडपर्वलाई स्नेहमिलन पर्वको रुपमा तडकभडक नगरी रमाईलो रुपमा मनाउनुपर्नेमा जोड दिए । उनीहरुले सांस्कृतिक पहिचान वोकेको चाडपर्वलाई भड्किलो गरी मनाउदा समस्या सिर्जना भएको र आर्थिक मारमा पर्ने गरिएकाले मितव्ययी बनाउनु पर्ने वताए ।
कार्यक्रममा धौलागिरी वहुमुखी क्याम्पसका उपप्राध्यापक डा.डिल्लीराज गौतमले जिल्लामा नै भीमापोखराको विशेष पहिचान भएको भन्दै यसको ऐतिहासिक विरासतलाई उजागर गर्नुपर्ने वताए ।
काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले चाडवाडलाई रमाईलो गरी तर मितब्ययी रुपमा मनाउनुपर्ने वताउदै भीमापोखरावासीलाई यहाँको संस्कृतिलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने वताए ।
कार्यक्रममा ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम, वेलायती सेनावाट निवृत महेन्द्र केसी, रत्न थापा, शिक्षक चन्द्रमणी उपाध्याय, प्रगति वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमार, भीमापोखरा कल्याण समाजका अध्यक्ष टीका वहादुर कार्की, अमृत दुग्ध सहकारीका अध्यक्ष खगराज उपाध्यायले शुभकामना ब्यक्त गर्दै सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरे ।
वडा अध्यक्ष विद्यापति शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मी, राप्रपाका वडा सभापति मान वहादुर कार्की, शिक्षकहरु होमनाथ गौतम, होम रोका, विष्णु थापा, महेन्द्र थापा, वडा सदस्य सुरेश थापा, चन्द्रकला थापा, बुद्धिजिवी महादेव सापकोटा, गंगा हमाल, कर्ण थापा लगायतले शुभकामना ब्यक्त गरे । कार्यक्रममा स्वागत वडा सदस्य भीमवहादुर केसीले र सञ्चालन सूर्य वहादुर थापाले गरेका थिए ।





