बागलुङ/ बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । बागलुङ बजारदेखि बागलुङ नगरपालिका ३ मुलपानीका हिँडेको ध१ह ७५ नम्बरको अटोरेक्सा (टेम्पो) मुलपानीमा दुर्घटना भएको हो ।
दुर्घटनमा पर्वतको जलजला गाउँपालिका, ४ मल्लाजका ३७ बर्षिय बाबुराम परियार, उनकी श्रीमती २९ बर्षिय मायाँ परियार र छोरा ७ बर्षिय दिपेन्द्र परियार घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि धौलागिरी अस्पताल पुर्याईएको ट्राफिक प्रहरी हवल्दार टिकाराम शर्माले बताए । बाबुरामको शरिरमा केही चोटपटक लागेको र बाँकी दुइ जना मान्य घाईते छन् ।





