सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संस्कार र संस्कृति बचाउन मेलापर्वको महत्वः सांसद नेपाली

संस्कार र संस्कृति बचाउन मेलापर्वको महत्वः सांसद नेपाली


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

बागलुङ / गण्डकी प्रदेशसभाका सदस्य एवं नेकपा एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्द वहादुर नेपालीले नेपालीहरु आफ्नो संस्कार र संस्कृतिमा धनी भएको वताउदै चाडपर्वका अवसरमा गरिने मेलाले यीनको पर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने वताएका छन् ।

शान्ति नव युवा क्लव भीमाखोखराले आयोजना गरेको ‘बडा दशैं तथा पूर्णिमा मेला’को आइतवार उदघाटन गर्दै चाडपर्व र यसका अवसरमा आयोजना गरिने खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नेपाली संस्कृतिलाई बढवा दिने वताए ।

‘क्लवले हरेक बर्ष गर्ने मेलाले युवाहरुलाई खेलकुदप्रति आकर्षण त गर्छ नै, यसले हाम्रो संस्कृतिको पनि जर्गेना गर्दछ,’ सांसद नेपालीले भने, ‘युवाहरुलाई सिर्जनशिल बनाउन र संस्कृतिलाई संरक्षण गर्न मेला पर्वको महत्व रहेको छ ।’

क्लवले रचनात्मक काम गरेकोमो प्रशंसा गर्दै खेलमैदान निर्माण र यसका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा सांसद नेपालीले उत्कृष्ठ खेलाडीलाई सम्मान पनि गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसीले युवाहरुले सिर्जनात्मक र अनुशासित रुपमा खेल खेल्नुपर्ने वताउदै विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएका कार्यक्रमले नेपालीहरुको गाउले संस्कृतिको विकास गरेको वताए ।

सो अवसरमा शुभकामना मन्तब्य राख्दै काठेखोला वडा नं. २ का अध्यक्ष विद्यापति शर्माले क्लवहरुले आयोजना गर्ने कार्यक्रममा वडाको सधै साथ र सहयोग रहने वताउदै युवाहरुको सिर्जनात्मक विकासका लागि वडा कार्यालयले रु.२ लाख विनियोजन गरेको समेत जानकारी दिए ।

क्लवले मेलाको अवसरमा भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसहित रचनात्मक कार्यक्रम सञ्चालन गरेको मुल संयोजक जीवन थापाले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->