बागलुङ/रोट्रयाक्ट क्लब अफ बागलुङले शनिबार चंगाचेट कार्यक्रम सम्पन्न गरेको छ । दशै र तिहारलाई चंगा उडाउने चाडको रुपमा लिइन्छ । सोही अवसर पारेर हराएको संस्कृति जोगाउन चंगाचेट कार्यक्रम गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङका आगामी अध्यक्ष सौरभ श्रेष्ठले जानकारी दिए ।
धौलागिरि बहुमुखी क्यामपसको चउरमा गरिएको कार्यक्रम गण्डकी प्रदेशका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गरे । उनले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा यो अभियान सफल हुने बताए । उनले यस्ता क्रियाकलापले युवाहरुमा आफ्नै गाउँमा रमाउने वातावरण बनेको समेत बताए ।
कार्यक्रममा ६० काटेकादेखि १२ वर्षसम्मका बालबालिका पनि सहभागी थिए । कोही प्रतियोगि त कोही अप्रतियोगीहरुले चंगा उडाएका थिए ।





