बागलुङ/ बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको समिकरण पुरा भएको छ ।
लिग चरणको समिकरण पुरा भएसंगै पर्वत, कास्की, नवलपुर र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह चरणको पहिलो र दोस्रो हुँदै ४ टिम सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
बिहिबार भएको लिग चरण अन्तरगतको पहिलो खेलमा कास्कीले बागलुङलाई ९ विकेटले पराजित गर्दै बिजयी बनेको छ भने बागलुङ समुह चरणबाट नै बाहिरीएको छ ।
त्यस्तै, दोस्रो खेलमा नवलपुरले स्याङ्जालाई ४ विकेटले पराजित गरेको छ । पर्वतले भने अंक तालिकामा दोस्रो भएका कारण सेमिफाइनको यात्रा तय गरेको हो ।
बिहिबारको पहिलो खेलमा बागलुङले दिएको ४५ रनको लक्ष्य कास्कीले ५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस्तै, दोस्रो खेलमा स्याङजाले दिएको १ सय ४ रनको लक्ष पछ्याएको नवलपुरले १६.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
बागलुङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार चौथो दिन पहिलो सेमिफाइनल खेल बिहान ८ बजे कास्कीबिरुद्ध स्याङ्जा र दोस्रो सेमिफाइनल खेल नवलपुरबिरुद्ध पर्वतबीच दिउँसो १२ बजे हुने संघका सदस्य अभिषेक कटुवाल क्षेत्रीले जानकारी दिए ।
कार्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता समुहले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले नगद ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
म्यान अफ दि सिरिजलाई नगद १० हजार, बेष्ट बलर र बेष्ट व्याटरलाई नगद ५÷५ हजार, म्यान अफ दि म्याच क्रिकेटरलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा छ समुहले सहभागीता जनाएका थिए ।





