बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रुद्रेपीपल टोल विकास संस्थाको साधारणसभा

रुद्रेपीपल टोल विकास संस्थाको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८०, शुक्रबार

बागलुङ/रुद्रेपीपल सामुदायिक टोल विकास संस्थाको नवौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाले कोषाध्यक्ष र सचिवका प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सबैखाले विकासका लागि समुदायको सहयोग महत्वपूर्ण हुने बताए । बागलुङ नगरपालिकाले कुकुर पार्क निर्माण, दीगो ढल व्यवस्थापन लगायतका महत्वपूर्ण कामहरुको सुरुवात गर्न लागेको भन्दै श्रेष्ठले ती कार्यक्रममा सहयोग गर्न समुदाय स्तरबाट सहयोग गर्न आग्रह गरे ।

बिबिधताले भरिएको नेपाली समाज मिलेर बस्ने परम्परालाई कायम राख्न श्रेष्ठले आग्रह गरे । टोल विकास संस्थाले रुद्रेपीपलमा लामो समयदेखि टोलबासीका हितमा काम गर्दै आएको छ । साधारणसभामा सचिव राजन थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सोम बोसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव कमल बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->