बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जीप घरमा ठोक्किँदा नवलपुरमा ६ जनाको मृत्यु, १ गम्भीर घाइते

जीप घरमा ठोक्किँदा नवलपुरमा ६ जनाको मृत्यु, १ गम्भीर घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८०, आइतबार

नवलपुर / देवचुली नगरपालिका-८ मुन्डेमा ग१ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुलिंटार पहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जीप देवचुली-८ मुन्डे एस मोडमा एक्कासि घरमा ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी तीन महिला र तीन पुरुषको निधन भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। जीप ३ महिला र ४ पुरुष सवार थिए। दुर्घटना आज बिहान ११:३० बजेतिर भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा बौदीकाली-६ का २९ वर्षीय जीप चालक बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।

अन्य २ जनाको आइतबार अवेरसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए। गम्भीर घाइतेको उपचारको लागि चितवनतर्फ पठाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->