बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु

करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८०, शुक्रबार

बागलुङ/बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार विहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ।

६२ बर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोर तर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए । निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईमा लत्रीयको अवस्थामा रहेको र सोही तारमा कुल्चिदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनाको जानकारी पछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरु प्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको डिएसपि केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->