बागलुङ/ बागलुङमा शनिबार साँझ भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका, ८ छिस्तीको क्युवैखानीका ४२ बर्षिय कृष्ण पुनको भीरबाट लडेर मृत्यु भएको हो ।
घाँस दाउराका लागि घर नजिकैको गाँवाको भीरमा पुगेका पुनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । पुन १५० मिटर तल खसेका थिए । स्थानीयले तत्कालै उनको शव घरमा ल्याएका थिए । पुनको शव पोष्टमार्टम पछि अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।





