पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रीकेटमा गण्डकीले होम एडभान्टेजको फाइदा लिएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तरगत समूह ‘बी’ तर्फ भएको खेलमा राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफ क्लबलाई ४ विकेटले हराउन सफल भएको हो ।
जितका लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । गण्डकीले कुल १०४ रन बनायो । गण्डकीका अभिषेक थापा ११ र अमृत गुरुङ ६ रनमा अविजित रहे । अभिषेकले १५ बलमा १ छक्का प्रहार गरे भने अमृतले १ बलमा १ छक्का प्रहार गरे । गण्डकीले पहिलो विकेटको रुपमा किरण पौडेललाई गुमायो । इशाद अहम्दाले प्रहार गरेको चौथो ओभरको छैटौं बलमा सन्दिप जोराको हातबाट क्याच आउट भए । उनले ७ रन जोडे ।
लगत्तै अमर सिंह राउटेलाले प्रहार गरेको पाँचौ ओभरको दोस्रो बलमा गौरव विक सुमित महर्जनको हातबाट क्याच आउट भए । उनले ११ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए ।
तेस्रो विकेटका लागि दिनेश बुढामगर क्रिजमा आए । मुस्कान थापा र दिनेशले गण्डकीको इनिङ उकास्ने काम गरे । दिनेश र मुस्कानले ४२ बलमा ४९ रनको साझेदारी गरे ।
अभिनाष बोहोराले प्रहार गरेको १३ औं ओभरको चौथो बलमा मुस्कान थापा बोल्ड हुन पुगे । उनले २३ बलमा ४ चौकासहित २५ रन बनाए । अभिनाषले नै प्रहार गरेको १५ औं ओभरको पाँचौ बलमा दिनेश बुढामगर एल्बीडब्लु भए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । अरुण ऐरीले प्रहार गरेको २० औं ओभरको पहिलो बलमा कप्तान विपिन खत्री ८ रनमा सन्दिप जोराबाट क्याच आउट हुन पुगे । लगत्तै दोस्रो बलमा सन्दिप क्षेत्री शुन्यमै रन आउट भए । एपिएफका लागि अभिनाष बोहोराले २ तथा इर्शाद अहमद, अमर राउटेला र अरुण ऐरीले समान १÷१ विकेट लिए ।
त्यस अघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस हारेर ब्याटि पाएको एपिएफको सुरुवात गतिलो हुन सकेन । दोस्रो ओभरको दोस्रो बलमा जिवनदान पाएका आसिफ शेख तेस्रो ओभरको पाँचौ बलमा कमल परियाले आफिफ शेखलाई एलबिडब्लु आउट गराए । आसिफले ११ बलमा १ चौका १ छक्का प्रहार गरे ।
लगत्तै तेस्रो बलमा सन्दिप जोरा शुन्यमा बोल्ड भए । कमल परियारको आठौ ओभरको पहिलो बलमा लोकेश बम १२ रनमा बोल्ड भए । दशौ ओभरको चौथो बलमा प्रदिप सिंह ऐरी कमल परियारको बलमा एलबी ड्ब्लु आउट भए । उनले ३ बलमा २ चका र एक छ्क्का सहित २० रन जोडे । दिनेश बुढा मगरको १४ औ ओभरको छैटौं बलमा भुवन कार्की बोल्ड भए । सुदिप अर्यालको १५ औ ओभरको अन्तिम बलमा सुमित महर्जन बोल्ड भए । १५ ओभरको खेल सकिदाँसम्म एपिएफ ८४ मा ६ विकेट गुमाएको स्थितिमा थियो । अमृत गुरुङको १६ औं ओभरको पाँचौ बलमा अमार सिंह राउटेला बोल्ड आउट भए । अमृतको १८ औं ओभरको अन्तिम बलमा अरुण ऐरी ५ रनमा बोल्ड भए । चन्द्रकान्तको १९ औं ओभरको पाँचौ बलमा इर्शाद अहमद ३ रनमा आउट भए ।
गण्डकीका लागि कप्तान विपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २÷२ विकेट लिए भने दिनेश बुढामगर र सुदिप अर्यालले समान १÷१ विकेट लिए ।
बागमती सेमिफाइनलमा
समूह ‘ए’ अन्तरगतको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । बागमतीले २ खेलमा २ जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
एक सय ९० रनको विशाल विजयी लक्ष्य दिएको बागमतीले कर्णालीलाई १७.३ ओभरमा अलआउट गराउँदै जित हासिल गरेको हो । कर्णालीले १७.३ ओभरमा ९९ रनमात्रै जोड्न सफल रह्यो । कर्णालीका लागि अर्जुन घर्तीले सबैभन्दा बढी २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का समेत प्रहार गरे । विपिन शाहीले १९ बलमा २ चौका प्रहार गर्दै २१ रन बनाए । कप्तान रविन्द्र शाहीले १९ बलमा ३ चौकासहित २० रन बनाए । दिपेन्द्र रावत १२, राज शाह २, प्रकाश जैसी ६, हिमान्सु शाही २, दिनेश अधिकारी ६, दिवन पुन र अनुज चनारा १÷१ रनमा आउट भए ।
बागमतीका लागि कप्तान तथा स्पिनर सन्दिप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश श्रेष्ठले २ तथा प्रतिश जिसी, रिजन ढकाल, सुवाष खत्री र इशान पाण्डेले समान १÷१ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८९ रन बनाउन सफल भएको थियो । रिज गौतमले सर्वाधिक ८२ रनको योगदान दिदैँ क्याचआउट भए । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे । इशान पाण्डेले ७० रन जोड्दै क्याच आउट भए । उनले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । प्रतिश जिसी १२ रनमा नटआउट रहे । गौरभ खड्का शुन्यमा नटआउट रहे । शुभ कन्साकर ४, रोशन विक ५ र सन्दिप लामिछाने गोल्डेन डक आउट भए ।
कर्णालीका लागि दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दिवन पुन र अनुज चनाराले समान १÷१ विकेट लिए । कर्णाली र मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रेड’ भने एक खेल अगावै बाहिरिएको छ ।





