सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छात्रा भलिवल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

छात्रा भलिवल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८०, सोमबार

पोखरा / पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३-२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो । पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो ।
पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ । दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल हात पाएको छ। क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो ।

आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो । प्रतियोगिता संयोजक बिनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरि १२ वटा शैक्षिक संस्थाले प्रतिश्पर्धा गरेका थिए । भलिवल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुदसहित विविध कार्यक्रम आयोजना गर्दैछ । खेलमार्फत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको जानकारी दिइन् । विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने उनले बताईन । उनले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->