सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा आइटीएफ जे-३० टेनिस प्रतियोगिता सुरु

पोखरामा आइटीएफ जे-३० टेनिस प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४,६–१ ले, अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३,६–१ ले, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४,६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५,६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

त्यस्तै, भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० ले तथा नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे । गल्र्स सिंगलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१ ,६–१ ले पराजित गरिन् ।

यसअघि गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुदमन्त्री सुशीला सिम्खडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् ।

सो अवसरमा मन्त्री सिम्खडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

आयोजक संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष नविन चालिसेले स्वागत तथा सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->