सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओली कप पहिलो सेमिफाइनल: बागमती प्रदेशले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य

केपी ओली कप पहिलो सेमिफाइनल: बागमती प्रदेशले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

पोखरा/ पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए ।

कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए । ४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए ।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->