सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओली कप सेमिफाइनल: एपीएफलाई मधेश प्रदेशले दियो १ सय ९८ विशाल लक्ष्य

केपी ओली कप सेमिफाइनल: एपीएफलाई मधेश प्रदेशले दियो १ सय ९८ विशाल लक्ष्य


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

पोखरा/ पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु १ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।

मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरे । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भए । पवन सराफले १९ बलमा ३३ रन बनाए । रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएर आउट भए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।
यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->