सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

पोखरा / १६औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहीबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

बिहीबार भएको बास्केटबल उद्घाटन खेलमा हिलपोइन्टले सोसल पब्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । गोर्खा वोर्डिङ स्कुलले ज्योतिकुञ्जलाई ११–८ ले, बालकल्याणले डायमण्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिशुनिकेतन माविले समेत आ–आफ्ना खेल जितेका छन् ।

बिहीबार नै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावि, मदरल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुलटेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका संयोजक पुरन कुंवरले जानकारी दिए

मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षासँगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताए । हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्मालगायतले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए ।

प्रतियोगितामा मावितह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने ब्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->