सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

१६औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी

१६औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

पोखरा / १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् ।

पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् ।

छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ , पोखरा आदर्शले तेश्रो चरणको स्थान शुरक्षित गरेका छन् । त्यस्तै छात्रातर्फ पोखरा आदर्श, कास्की मोर्डनाइज, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेश्रो चरणमा प्रवेश गरेका छन् ।

यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने प्रतियोगितामा व्याडमिन्टन छात्र÷छात्रा सिंगल्स–डबल्सका दोश्रो चरणका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले जानकारी दिए । ब्याडमिन्टनतर्फ शनिबार सेमीफाइनल तथा फाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->