गोरखा / गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। जिल्लाको सहिद लखन गाउँपालिका-३ स्थित सिलिङदोभान सडक खण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा सोही पालिका-३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका-१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ।





