बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रियताको पक्षमा बोल्दा एमालेको सरकार ढल्यो : ओली

राष्ट्रियताको पक्षमा बोल्दा एमालेको सरकार ढल्यो : ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८०, शनिबार

गोरखा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुङटार आइपुगेका अध्यक्ष ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै वामपन्थी खोल ओढेकालाई नै प्रयोग गरेर सरकार ढलाइएको दाबी गरे।

‘५८ वर्षदेखि हाम्रो लिपुलेक, लिम्पियाधुरा भारतले नियन्त्रणमा लिएको थियो, कब्जा गरेको थियो। त्यस विषयमा कसैले चर्चा गरेको थिएन। त्यसलाई नेकपा एमालेले गम्भीर चर्चाको विषय बनायो। नयाँ नक्शा बनायो। नक्शा पास गर्‍यो र त्यसलाई अनुमोदन गर्न भारतलाई पत्राचार गर्‍यो। हाम्रो जमिन कब्जा गरिरहनुभएको रहेछ, फिर्ता गर्नुस् भन्यो। एमाले त्यसकारण सरकारबाट ढल्यो। एमालेलाई ध्वस्त पार्न खोजियो,’ उनले भने।

वामपन्थी आन्दोलन भनेर दुई तिहाइको सरकार बनाएको तर वामपन्थीकै खोल ओढ्नेहरू एमाले ध्वस्त पार्ने अभियानमा लागेको उनको आरोप छ। ‘वामपन्थीको नेतृत्वमा दुई तिहाइको सरकार थियो। सात प्रदेशमध्य छ वटामा वामपन्थी नेतृत्वमा सरकार थियो। त्यसलाई ध्वस्त पार्ने अरु कोही होइनन्, वामपन्थीको खोल ओढ्नेहरू नै हुन्,’ उनले भने, ‘अहिले के बुझ्न जरुरी छ भने, सबै मिलेर एमालेलाई समाप्त पार्न खोज्दा पनि अहिले सबैभन्दा लोकप्रिय पार्टी एमाले नै हो। यति पर्याप्त छैन। नेकपा एमाले मुलुकलाई समृद्ध बनाउन चाहन्छ।’

समृद्धिका लागि संकल्प यात्राको टोली शनिबार गोरखाको आरुघाट, धादिङको मध्यपहाडी लोकमार्ग हुँदै अघि बढ्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->