बागलुङ/ जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेबाट सदरमुकाममा आएर बसेकाहरुले बिनामारे बागलुङ सम्पर्क समाज गठन गरेका छन् । शनिबार भएको प्रथम भेलाले प्रदिप पन्त अध्यक्षमा सम्पर्क समाज गठन गरेको हो ।
२३ सदस्य रहेको समितिको उपाध्यक्षमा दलबहादुर बिक, सचिवमा शिव शर्मा, कोषाध्यक्षमा मधु शर्मा र सहसचिवमा शान्ति भण्डारी, सह–कोषाध्यक्षमा पुतली थापा रहेकी छिन् ।
समाजको सदस्यमा कृष्ण शर्मा, राम पाण्डे, रमेश केसी, गोबिन्द पाण्डे, कृष्ण आचार्य, भोजराज पौडेल, बिजय पौडेल, रामु पौडेल, तेजेन्द्र पौडेल, दुर्गा सुवेदी, माधव खत्री, प्रेम पौडेल, सिता शर्मा, कृष्ण पौडेल, बबिता बिक, कला ढुंगाना र गितादेवी आचार्य छन् ।
भेलाले चुडामणी आचार्य संयोजक रहेको तीन सदस्य सल्लाहकार समिति बनाएको छ । समितिको सदस्यमा मनोज रोका र होमनाथ शर्मा छन् । कार्यक्रममा वडा अध्यक्ष सहितका जनप्रतिनिधि पनि सहभागि थिए ।





