बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गजेन्द्र बहादुर रोकाको अध्यक्षतामा बक्सिङ संघ बागलुङ गठन

गजेन्द्र बहादुर रोकाको अध्यक्षतामा बक्सिङ संघ बागलुङ गठन


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

बागलुङ/ नेपाल बक्सिङ संघ बागलुङको प्रथम प्रारम्भिक भेला तथा अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
संघका केन्द्रीय सदस्य राजेन्द्र पहारी तथा बक्सिङ संघका गण्डकी प्रदेश अध्यक्ष विद्याप्रसाद मर्सानीको उपस्थितिमा जिल्ला तदर्थ समिति गठन भएको हो ।
भेलाले गजेन्द्रबहादुर रोका अध्यक्ष रहेको जिल्ला तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजु खड्का, सचिवमा युक्तजंग राजभण्डारी र कोषाध्यक्षमा राजु रोका, सदस्यहरुमा दिपेन्द्र खत्री, प्रेम सापकोटा र टेकबहादुर कुँवर रहेका छन् । सहसचिव र एक सदस्य पछि पुरा गर्ने अध्यक्ष रोकाले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिअन्र्तगत रहने बिधागत संघहरुको पछिल्लो समय गठन प्रक्रिया चलिरहेको छ । यसअघि पनि टेवुल टेनिस संघ गठन भैसकेको छ ।
सबैखाले बिधागत संघ गठनपछि सामुहिक छलफल गरेर आवस्यकताको आधारमा खेलका कार्यक्रम संचालन गर्ने समितिको लक्ष रहेको कार्यालय प्रमुख राजेश बास्कोटाले बताए । साथै आगामी दिनमा समितिमार्फत जिल्लामा राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम संचालन गर्ने लक्ष बनाइएको अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->