आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कुमार बस्नेत र राजन कार्कीलाई सम्मान

कुमार बस्नेत र राजन कार्कीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

पोखरा/ कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो ।

स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित र स्वर्गीय चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कारबाट राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका कार्कीलाई ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान अर्पण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए ।

स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गर्ने निर्णय गरिएको हो । छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए ।
उनीहरुलाइ यहीं माघ २४ गते सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->