पोखरा / पोखरा लिङ्कान इन्टरनेशनल कलेजले बार्षिक खेलकुद पर्व आयोजना गरेको छ । आजबाट सुरु भएको खेलकुद पर्वमा
बास्केट बल, भलिबल, फुटबल, टेबल टेनिस, सर्टपुर तथा रस्साकस्सी जस्ता खेलहरू समावेश गरिएको छ।
प्रतियोगिताको उद्घाटन संस्थाका संस्थापक शेर बहादुर गुरुङ तथा संस्थापक प्राचार्य पम्फा गुरुङले एक साथ गरे । विद्यार्थीहरुलाई शिक्षाका साथै खेलकुद सँग समेत जोड्दै खेलकुदको महोत्सवको आयोजना गरिएको हो ।





