सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रथम फ्युचर कप फुटसल शुरु

प्रथम फ्युचर कप फुटसल शुरु


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८०, आइतबार

बागलुङ / बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ ।

आइतबार बिहान बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले प्रतियोगिताको उद्घाटन गरे । उनले खेल क्षेत्रले विद्यार्थीमा अनुशासन कायम हुने बताएका थिए । साथै उनले पछिल्लो समय निजी क्षेत्रका विद्यालयले खेल क्षेत्रमा राम्रो लगानी गर्न थालेको भन्दै यसले राम्रो परिणाम समेत दिने बताए ।

कार्यक्रममा एनप्याब्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, गण्डकी प्रदेश सदस्य निसान खड्का, नेपाल पत्रकार महासघ बागलुङका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य दिएका थिए । फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, शिक्षक सुवर्ण मल्लको संचालन र विद्यार्थी मन्दिरा थापाको स्वागतमा सम्पन्न कार्यक्रममा खेलबारे खेल शिक्षक टिकाजी पुनले जानकारी गराएका थिए ।

खेलमा १८ विद्यालयका खेलाडी सहभागि हुनेछन् । खेलमा प्रथम हुनेले १२ हजार नगदर पुरस्कार, मेडल र ट्रफी तथा द्वितिय हुनेले ६ हजार नगद र मेडल तथा ट्रफी पाउनेछन् । खेलमार्फत बालबालिकालाई तन्दुरुस्त र अनुशासित बनाउने लक्षले खेल आयोजना गरिएको विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->