बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धम्जामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम

धम्जामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८०, आइतबार

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा संचालित तीन दिने उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिका–३ धम्जाका वडाअध्यक्ष कुल बहादुर विश्वकर्माले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न सुझाव दिनुभएको थियो । उहाँले वडामा हुने साना ठूला कार्यक्रम संचालनदेखि सामुदायिक वन, सहकारी, समुह र विद्यालयहरुका बैठक र कार्यक्रम संचालन र भाषण गर्ने सिपको विकास गर्नको लागि तालिमले सहयोग पु¥याउने अपेक्षा लिइएको बताए । ‘मैले वडाभित्र हुने क्लबका कार्यक्रम देखि सामुदायिक वन, सहकारी, विद्यालय, समुह लगायतका बैठक संचालनहरु हेर्दै आएको छु,’ वडाअध्यक्ष विकले भने,‘कतिपय समुहमा बैठक कसरी संचालन गर्ने समेत ज्ञानको अभाव भएको देखिन्छ । यो तालिमले सहभागीहरु बैठक संचालनेदखि कार्यक्रमहरुमा ढुक्कले बोल्न सक्नेमा विश्वस्त छु ।’

काठेखोला गाउँपालिकाकी कार्यपालिका सदस्य सुन्तली विकले सिकेको कुरालाई तयारी गर्दै व्यवहारमा लागु गर्नुपर्ने बताइन् । उनले सुरु सुरुमा भाषण गर्न र कार्यक्रम संचालन गर्न डर लाग्ने समस्या रहेपनि तयारी र अभ्यास गर्दै गएमा ढुक्कले प्रस्तोता बन्न र भाषण गर्न सकिने बताइन् । कार्यपालिका सदस्य विकले तालिमबाट सिकेको कुराहरु व्यवहारमा लागु नगरेमा पालिका र वडाको लगानी खेर जाने बताउँदै सिकेको कुरालाई व्यवहारमा लागुगर्नुपर्नेमा जोड दिइन् ।

समापन समारोहमा नेकपा एमाले काठेखोला–३ धम्जा वडा कमिटीका सचिव सुर्य भण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तथा तालिमका मुख्य प्रशिक्षक तारानाथ आचार्य, प्रशिक्षार्थी प्रेम बहादुर श्रीस, सिद्धिमान छन्त्याल, सिर्जना विक लगायतले बोलेका थिए ।

बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन काठेखोला गाउँपालिका–३ धम्जाका वडा सचिव मनहरी कंडेलले गरेका थिए । काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग समन्वय र बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङको सहजिकरणमा सम्पन्न भएको तालिममा धम्जाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिकाका सदस्य र विद्यार्थी गरी एक सय जनाभन्दा बढीको सहभागिता रहेको छ । तीन दिनसम्म संचालित तालिममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, सदस्य अर्जुन कार्की र पत्रकार खिम बहादुर कार्कीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->