सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८०, आइतबार

पोखरा / शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा टाईब्रेकरमा ५—४ को गोल अन्तरले शान्ति निकुन्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो ।

२५-२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा टुगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा बालोदयका सुविन सारु मगरले प्रहार गरेको वल शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङले उत्कृष्ट बचाउ गर्दा शान्ति निकुन्जले जित हासिल गर्न सफल भएको हो । निर्धारित समयमा बालोदयका आविष्कार सुनार र शान्ति निकुञ्जका ईन्द्रबहादुर बिकेले गोल गरेका हुन् । खेलमा शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

शान्ति निकुन्जका प्रशन्न थापा, विश्वास गुरुङ, इन्द्रबहादुर बि.क., रुपक गाहा र आयुष गुरुङले पेनाल्टी सुटमा गोल गरे । बालोदयका अंकित केसी, श्रीजल मल्ल, संगम गुरुङ र अग्रिम पोडेलले पेनाल्टी सुटमा गोल गरेका हुन ।

तेश्रो स्थानको लागि भएको खेलमा गत बर्षको विजेता छोरेपाटन माविले सडेन डेथमा फिस्टेल एकेडेमी माथि जित हासिल गरेको हो । निर्धारित र टाईब्रेकरमा दुबै तर्फ बराबरीमा पुगे पछि खेल ७—६ को टाइब्रेकरको सडेन डेथमा निर्णय भएको हो । यसैबिच, पोखरा १७ का जनप्रतिनिधि तथा कर्मचारी र आयोजक ड्याम साइड क्लवको भेट्रान्स टीम बिचको मैत्रीपूर्ण फुटवल १–१ ले खेल बराबरीमा टुंगिएको छ । प्रतियोगितामा उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिम फिस्टेल एकेडेमीले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गरेको महासचिव राकेश श्रेष्ठले बताए ।

प्रतियोगितामा शान्ति निकुञ्जका प्रसन्न थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डरमा बालोदयका सुविन्द्र मगर, मिडफिल्डरमा शान्ति निकुञ्जका ईन्द्रबहादुर बि.के., फरवार्डमा शान्ति निकुञ्जका विश्वाश गुरुङ, शान्ति निकुन्जकै गोलरक्षकमा आसिक गुरुङ, उत्कृष्ट प्रशिक्षकमा प्रमेन्द्र थापा घोषित भए । प्रतियोगितामा समान ४÷४ गोल गरेका छोरेपाटन मा.बि. का भिमबहादुर जर्गा, शिशु कल्याण स्कुलका सोहन आले पुरस्कृत भए । प्रतियोगितामा शिशु निकेतन बोर्डिङ स्कुल अनुशासित टोली घोषित भयो । सबै विधाका विजेताहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->