पोखरा / बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका-१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो ।
लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त ग¥यो ।
यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पा¥यो ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद रु १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए ।
प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो ।





