बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोटोपनसँग जुध्दैछन् संसारका एक अर्ब मानिस

मोटोपनसँग जुध्दैछन् संसारका एक अर्ब मानिस


  • स्मिथा मुन्डासाड
  • फाल्गुन १९ २०८०, शनिबार

विश्व स्वास्थ्य संगठनसँग मिलेर एक हजार ५०० अनुसन्धानकर्ताले गरेको अध्ययनमा संसारका एक अर्बभन्दा अधिक मानिसमा मोटोपना रहेको देखिएको छ।

द ल्यान्सेटले सन् २०२२ सम्मको तथ्यांक केलाउने क्रममा विश्वका झण्डै ८८ करोड वयश्क मानिस तथा १६ करोड ९० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखिएको हो।

महिलाको हकमा टोंगा र अमेरिकन सामोआमा मोटोपन उच्च देखिन्छ भने पुरुषको हकमा अमेरिकी सामोआ र नाउरु क्षेत्रमा मोटोपन उच्च देखिन्छ, जहाँ लगभग ७० देखि ८० प्रतिशत वयश्कमा मोटोपन रहेको छ। संसारका लगभग १९० देशमा मोटोपनको समस्या देखिएको छ।

वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालले मोटोपन नियन्त्रण गर्ने प्रयासमा ठूलो परिवर्तनको तत्काल आवश्यकता रहेको बताएको छ। मोटोपनले हृदय रोग, टाइप-२ मधुमेह र केही क्यान्सरको जोखिम बढाउन सक्ने मात्र नभई कयौं गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने देखिएको छ।

विश्वव्यापी मोटोपनको दरमा केही तथ्य:

-अमेरिका पुरुषको हकमा १०औं र महिलाको हकमा ३६औं स्थानमा आउँछ।
-भारत महिलाको हकमा १९औं र पुरुषको हकमा २१औं स्थानमा आउँछ।
-चीन महिलाको हकमा ११औं र पुरुषको हकमा ५२औं स्थानमा आउँछ।

स्वस्थ्य खानाले नै मोटोपन बढेको पाइएको छ। “मोटोपन देखिएका राष्ट्रमध्ये धेरैमा यो अस्वस्थ्य खानाको तुलनामा स्वस्थ्य खानाको उपलब्धतामा निर्भर रहेको देखिन्छ,” इम्पेरियल कलेज लन्डनका वरिष्ठ अनुसन्धानकर्ता प्राध्यापक माजिद इज्जती भन्छन्।

खानाका कारणले नै मोटोपनको समस्या देखिएको अध्ययनहरूको निश्कर्ष छ। “केही घटनामा अस्वस्थ्यकर खानालाई बढावा दिने आक्रामक मार्केटिङ अभियानहरू भएका छन्, अर्कोतिर स्वस्थ्य खानाको लागत र उपलब्धता अधिक समस्याग्रस्त हुन सक्छ,” प्राध्यापक इज्जती भन्छन्।

वर्षौंदेखि विश्वव्यापी तथ्यांक केलाउँदै आएका प्राध्यापक इज्जतीले मोटोपनको अवस्थामा आएको परिवर्तनले आफू आश्चर्यचकित भएको बताएका छन्। उनका अनुसार धेरै देशले मोटोपनको समस्याको सामना गरिरहेका छन्, जबकि न्यून तौल भएका मानिसलाई ठूलो चिन्ताको रुपमा हेरिने क्षेत्रको संख्या घट्दै गएको छ।

सन् १९९० देखि २०२२ सम्मको तथ्यांक केलाइएको ल्यान्सेटको प्रतिवेदनमा बालबालिका र किशोरकिशोरीमा मोटोपन हुने दर चार गुणाले बढेको देखिएको छ। त्यस्तै, वयश्कमा मोटोपन हुने दर पनि बढेको देखिन्छ, जसअनुसार महिलाको मोटोपन दोब्बर भएको देखिन्छ भने पुरुषमा झण्डै तीन गुणाले बढेको देखिन्छ।

यसैगरी, कम तौल भएका वयश्कका दर ५० प्रतिशतले घटेको पाइएको छ। अनुसन्धानकर्मीका अनुसार विषेश गरी विपन्न समुदायमा भने कम तौलको समस्या चिन्ताको विषय नै रहेको छ।

“यो नयाँ अध्ययनले आहार, विहार र पर्याप्त हेरचाह गर्दै वयश्क अवस्था हुनुभन्दा अघिदेखि नै मोटोपनबाट बच्न र मोटोपनलाई व्यवस्थापन गर्नुपर्ने विषयलाई महत्त्वका साथ उजागर गरेको छ,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टे«ड्रोस अडानोम गेब्रेयस भन्छन्।

सरकार र समुदायले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने उनी बताएका छन्। “खासगरी यस विषयमा निजी क्षेत्रको सहयोगको अपेक्षा देखिन्छ किनभने निजी क्षेत्रले आफ्ना खाद्य उत्पादनहरू स्वस्थ्य छन् भन्नेमा जवाफदेही हुनुपर्छ,” उनी भन्छन्।

यस अध्ययनका लेखक मद्रास डायबिटिज रिसर्च फाउन्डेसनकी डा. प्रदीपा गुहाले एकातिर विश्वव्यापी समस्याका रुपमा देखाएको मोटोपन र न्यून तौल दुवैका कारणले कुपोषण हुने जोखिम बढ्दै गएको बताउँछिन्। “जलवायु परिवर्तन, कोभिड-१९ महामारीको कारणले भएको समस्या र युक्रेन युद्धका कारण गरिबी र पोषणयुक्त खाद्यान्नको मूल्य अकाशिँदा मोटोपन र न्यून तौल दुवैले गर्दा हुने समस्या बढ्ने देखिन्छ,” उनी भन्छिन्।

विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा एक हजार ५०० भन्दा बढी अनुसन्धानकर्ताको सञ्जालमाा पाँच वर्ष वा माथिका करीब २२ करोड मानिसको उचाइ र तौलको ‘बडि, मास, इन्डेक्स’ मार्फत विश्लेषण गरेको थियो। (बीबीसीबाट अनुवाद।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->