बागलुङ/ एमाले अध्यक्ष ओली पञ्चकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ आएका छन् । प्रसिद्ध धर्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा गत फागुन १० गते देखि सुरु भएको ब्रामण्डीय महायज्ञको समापनका लागि ओली पञ्चकोट आएका हुन् । सिम्रिक एयरको हेलिकप्टरमा अध्यक्ष ओली पञ्चकोट आईपुगेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनी महायज्ञलाई सम्बोधन गरेर काठमाण्डौ फर्किनेछन् ।





