बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मेलाहरुमा जुवाजन्य खेल, लाखौं गुमाउँछन् सर्वसाधारण

मेलाहरुमा जुवाजन्य खेल, लाखौं गुमाउँछन् सर्वसाधारण


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार

बागलुङ/ चैते दशैंको अवसर पारेर बागलुङका बिभिन्न ठाउँमा लागिरहेका मेलाहरुमा जुवाजन्य खेल भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको नीसिखोला गाउँपालिका, १ देविस्थानमा चलिरहेको मेलामा केही व्यवसायीले जुवाजन्य खेल खेलाएको स्थानीय अमर सिंह घर्तीले बताए । जनचेतनाको अभावमा कानूनले बर्जीत गरेको जुवाजन्य (खोरखोरे) खेल खेलाउँदा स्थानीयले लाखौं रुपैयाँ गुमाउने गरेको उनले बताए ।

मेलामा जुवाजन्य खेल भैरहेको थाहा पाएपछि प्रहरीले रोक्ने प्रयास गरेको जनाएको छ । मेला भैरहेको स्थानबाट केही टाढा खेल खेलाईरहेको र प्रहरी पुग्दा पहिलै भाग्ने गरेको सूचना प्रहरीसँग छ । “अबैध काम हामि हुन दिँदैनौं तर उनीहरु भगिरहेका छन्” प्रहरी उपरीक्षक ऋषिराम कँडेलले भने “निसिमा मात्रै होईन अन्यत्रका मेलामा पनि निगानी बढाएका छौं ।”

बागलुङ कालिका मन्दिर परिसरमा चलिरहेको चैते दशैं मेलामा पनि जुवाजन्य रिङ खेल खेलेको भेटेपछि त्यसलाई रोकेको कँडेलले दावी गरे । मेलाहरुमा मध्यरातसम्म जुवाजन्य खेल खेलाइने गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->