बागलुङ/ बडिगाड खोलाले बगाउँदा एक बृद्ध महिलाको मृत्यु भएको छ । बडिगाड खोला तनेक्रममा खोलाले बगाउँदा बडिगाड गाँउपालिका,२ कि ७७ बर्षिया खिमा कामिको आज बिहान मृत्यु भएको हो ।
विहान खोलामा पुगेकी खिमालाई बडिगाड खोला तर्नेक्रममा चिप्लिएपछि खोलाले बगाएको थियो । उनी सात सय मिटर तल घोप्टे दहमा फेला परेकी थिईन् । प्रहरीले तत्काल उद्धारको प्रयास गरेको ईलाका प्रहरी चौकि हरिचौरका प्रहरी निरिक्षक थम्मनसिंह रानाले जानकारी दिए । खिमाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुर्याईएको छ ।





