पोखरा/सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ वर्ष मुनिका खेलाडीहरु सहभगी (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई बुधबार सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनिका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।





