बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

क्यान्सर पीडितलाई वडाको सहयोग

क्यान्सर पीडितलाई वडाको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८१, बुधबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानी वडा कार्यालयले वडाबासी क्यान्सर पीडितलाई उपचार खर्च सहयोग गरेको छ । विदेशमा रहेका पालिकाबासीको सक्रियतामा सहयोग संकलन गरेर वडाले क्यान्सर पीडितको उपचारका लागि ३ लाख ३१ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको हो ।

क्यान्सर रोगबाट पीडित अनित बिकलाई २ लाख र सुकबहादुर सार्कीलाई १ लाख ३१ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष प्रमानन्द कँडेलले बताए । कमजोर आर्थिक अवस्थाका कारण उनीहरुलाई उपचारमा खर्चको अभाव भएको थियो । वडाले यसअघिनै वडाबाट उपलव्ध गराउँदै आएको सहयोग उपलव्ध गराईसकेको थियो ।

दक्षिण कोरियामा रहेका धिरज रोकाको सक्रियतामा सहयोग संकलन अभियान चलाईएको थियो । कोरियामा रहेका नेपालीहरुले स्वस्फुर्त सहयोग गरेको ८८ हजार १ सय रुपैयाँ वडा कार्यालयमा पठाएका थिए । अमेरिकामा रहेका कुलबहादुर रोकाको सक्रियतामा २ लाख ४३ हजार ४ सय २५ रुपैयाँ संकलन भएको थियो ।
दुवै देशबाट एकैपटक सहयोग रकम प्राप्त भएपछि वडा सहयोग उपलव्ध गराईएको हो । पीडित दुवै जनाको भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको कँडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->