बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरको स्वागत तथा विदाई कार्यक्रम

बागलुङ नगरको स्वागत तथा विदाई कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कार्यरत कर्मचारीवीच स्वागत तथा विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थामा नँया कर्मचारी रुपमा आएका चार जना र स्वच्छिक अवकास लिएएका एक जनालाई विदाई गरिएको हो ।

संस्थाका नवनियुक्त भएका ईन्जिनियर सन्तोष पौडेल,पम्प अपरेटर विरेन्द्र श्रेष्ठ, सवारी चालक टिकादत्त उपाध्याय र कार्यालय सहयोगी शर्मिला मुल्मी श्रेष्ठलाई स्वागत तथा स्वच्छिक अवकास लिएका सवारी चालक सुमन खत्रीलाई विदाई गरिएको छ ।

कर्मचारीलाई स्वागत तथा विदाई गर्दै संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले विदाई भएर जाने कर्मचारीहरुको उज्वल भविष्यको कामना सहित नवनियुक्त भई आउनुभएका कर्मचारीहरुबिचको सहकार्यले संस्थाको विकासमा थप टेवा पुग्ने बताए ।

कार्यक्रममा नवनियुक्त कर्मचारीहरुको तर्फबाट ईन्जिनियर सन्तोष पौडलले नगरबासीलाई स्वच्छ,सफा र पर्याप्त पानी दिलाउन अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा पाँच बर्ष काम गरेर स्वच्छिक अवकास लिएका सुमन खत्रीले आफु संस्थामा रहदासम्म संस्थाको हितमा रहि काम गरेको र आगामी दिनमा पनि संस्था प्रति उच्च सम्मान गर्ने बताए ।

संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माको अध्यक्षता,सहलेखापाल प्रकाश रेग्मीको स्वागत मन्तव्य र लेखापाल प्रदिप पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०६४ सालमा स्थापना भएको संस्थामा अहिले २० जना कर्मचारी रहेका छन । संस्थाले बजार क्षेत्रका वडा नं. १,२,३ र ४ वडाका नागरिकहरुलाई खानेपानी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->