बागलुङ/नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि जिल्ला शाखा बागलुङले निर्वाचन समिति गठन गरेको छ । बिहिबार बसेको जिल्ला शाखाको बैठकले पुराना पत्रकार हिरा बहादुर केसी संयोजक रहेको तीन सदस्यीय निर्वाचन समति गठन गरेको हो ।
समितिमा उच्च आदालत पोखरा बागलुङ इजलाश बार एसोसिएसनका अध्यक्ष रमेश बहादुर खड्का र जिल्ला अदालतमा कार्यरत ऋषिराम रिजाल सदस्य रहेको सचिव विजय रानाले बताए ।
त्यस्तै, महासंघले आगामी जेठ १५ गतेदेखि क्रियाशिल पत्रकारहरुका लागि प्रबिधि सम्बन्धि तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । जेठ २६ गते हुने संघ, प्रदेश र जिल्लाको निर्वाचनलाई मर्यादित बनाउन सबै पक्षलाई बैठकले आग्रह गरेको छ ।





