बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विभेदको स्वरुप फेरियो

विभेदको स्वरुप फेरियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८१, मंगलबार

बागलुङ/ भेदभावविरुद्धको अभियान सफल बनाउन स्थानीय सरकारले पनि ऐन नियम बनाएर कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले अन्याय र विभेद सहने बानी अन्त्य गर्नुपर्ने पनि बताए ।

जातीय भेदभाग तथा छुवाछुत उन्मूलन दिवसको अबसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागिले बिभेदका साना साना रुपलाई अन्त्य गर्न नसक्दा अपराध बढेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले विभेद समाजमा निमिठ्यान्न नभएपनि कम गर्न पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तनले ल्याएको चेतनाबाट सामाजिक र आर्थिक परिवर्तन गर्न सक्नुपर्ने बताए । त्यसकालागि राजनीतिक नेतृत्वको इच्छाशक्तिलाई आम नागरिकको चेतनामा समेत लैजानुपर्ने धारणा राखे । उनले गणतन्त्रले एकखालको बिभेद अन्त्य गरेपनि कार्यान्वयनको क्रममा राजनीतिक नेतृत्वमा इच्छाशक्ती कम हुँदा बिभेदका प्रकारहरु मौलाएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले मानिस मानिसबीचको बिभेद अन्त्यले समाजमा शान्ति व्यवस्था कायम गर्ने बताए । उनले नगरपालिकाले यो अभियानमा समावेशी, समानुपातिक बिकासको अवधारणा अनुसार काम गर्ने पनि बताए । ‘अघिल्ला वर्षको तुलनामा भौतिक पूर्वाधार भन्दा सामाजिक बिकासका काममा चासो र लगानी बढाएका छौं तर त्यो पर्याप्त भएको छैन,’ उनले भने, ‘अझै पनि उचित नीति नियम र कार्यक्रम ल्याएर बिभेद अन्त्यकालागि रोजगारीका कार्यक्रम समेत ल्याउने लक्ष छ ।’ उनले मानिस मानिस बीचको बिभेद अन्त्यमा सबैको चासो बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, नेपाली कांग्रेसकी प्रतिनिधि शकुन्तला शर्मा, एमाले अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेपाल समाजवादी पार्टीका चित्र सापकोटा, नेकपाका प्रतिनिधि उत्तम सी, अन्तरपार्टी महिला संजालकी कोषाध्यक्ष ललिता थापा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल, दलीत अभियानकर्मीहरु लक्ष्मण श्री, लक्ष्मी बोहोरा, ताराबहादुर बिक, बानपा २ का अध्यक्ष सुरज बोसेल, खेलाडी पर्शु बोहोरासहित कार्यपालिका सदस्यहरु, दलीत समुदायका अन्य प्रतिनिधि समेतले बोलेका थिए ।

उनीहरुले समाजमा जातको आधारमा, धनी र गरीब भएको आधारमा बिभेद खेपीरहेको समेत गुनासो गरेका थिए । कतिपयले वडा कार्यालयमा चिया पिउने क्रममासमेत विभेद भोग्नु परेको बताए । उनीहरुले समाजमा व्यक्ति–व्यक्तिबीचको बिभेद अन्त्य भएपनि सामुहिक बिभेद बढेको गुनासो गरे । उनीहरुले जन्म, मृत्यु र बिबाह संस्कारमा निम्तोसमेत नहुने गरी बिभेद बढेको बताए ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, महिला बिकास निरीक्षक रचना आचार्यको संचालन र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा अधिवक्ता यामबहादुर चर्माकारले दलीत अधिकार र बिभेद बिरुद्धको अभियान बारे प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->