बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगर पूर्ण खोपयुक्त घोषणा

बागलुङ नगर पूर्ण खोपयुक्त घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८१, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका पूर्ण खोप युक्त नगर घोषणा भएको छ । मंगलबार नगर भित्रका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको घोषणा गरिएको हो ।

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले घरघरमा पुगेर बालबालिकाको तथ्यांक संकलन गरी सबैलाई खोप लगाइएको जानकारी गराए । अहिले सम्म बागलुङ नगरपालिकाले १५ महिनाभन्दा मुनिका ७ सय ४८ जना र ५ बर्ष म्ुनीका २ हजार ४ सय ७१ बालबालिकालाई सबै प्रकारका खोप दिएको उनले जानकारी गराए ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा अन्य सरोकारवालाले आगामी दिनमापनि बालबालिकालाई कुनैपनि खोपबाट बञ्चित नगर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार नगरभित्रका नागरिक मात्र नभइ नगरमा डेरा गरेर बस्ने मजदुर, कर्मचारी र अन्य सबै पेशाका अभिभावकलाई समेत भेटेर बालबालिकाको तथ्यांक तयार गरेको जानकारी गराए । यो अभियानले स्वास्थ्य सूचकमा एक अंक थप भएको पनि बताए ।
नगरपालिकाले आगामी पुस मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेको छ । यो लक्ष पूरा गर्न पनि पूर्ण खोप अभियानले साथ दिएको खनालले जानकारी दिए । बालमैत्री नगरकालागि स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र र समुदायको भूमिका महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->