बागलुङ/सामाजिक विकास कार्यालय बागलुङले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र राष्ट्र सेवामा महिलाहरुको सहभागिता बढाउनका लागि कार्यालयले २० दिने लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।
लोकसेवा आयोगले लिने खरिदारको तयारी कक्षा कार्यालयले सुरु गरेको हो । तयारी कक्षाको लागि महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । तयारी कक्षामा ४० जना महिलाहरुको सहभागिता रहेको छ ।
मानव संशोधनको विकास नगरी देश समृद्ध बन्न नसक्ने भन्दै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको कार्यालयका निमित्त प्रमुख हरिकृष्ण आचार्यले बताए । पढेका महिला बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई महिलामा आउन थालेको भन्दै आचार्यले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन कक्षा सञ्चालन गरेको बताए ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले उद्घाटन गरे । तयारी कक्षाको सहजीकरणका लागि अनुभवी प्रशिक्षकहरुको व्यवस्थापन गरिएको आचार्यले बताए ।





