बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यार्थी पर्यटन क्लब गठन

विद्यार्थी पर्यटन क्लब गठन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८१, बुधबार
1

बागलुङ/ बागलुङ नगर पर्यटन समितिले नगर भित्रका पर्यटन क्षेत्रको प्रचार गर्न बिद्यालय स्तरमा पनि क्लब गठन शुरु गरेको छ ।

वडावडामा रहेका पर्यटकीय क्षेत्रको पहिचान बढाउने, पर्यटकीय गतिविधि बढाउने र देश बिदेशमा सकारात्मक सन्देश प्रवाह गर्न बिद्यार्थीलाई पर्यटन अभिमूखीकरण गर्ने र क्लब गठनको काम समेत थालेको नगरउपप्रमुख राजु खड्काले बताए ।

सोमबारदेखि नगरपालिकाले यो अभियान थालेको हो । पहिलो चरणमा बानपा १४ को नारायणस्थान स्थित गणेश माबिबाट क्लब गठन शुरु भएको हो । पर्यटन भनेको के हो ? पर्यटन प्रवद्र्धनमा बिद्यार्थीको भूमिका, बागलुङ नगर क्षेत्रका पर्यटकीय क्षेत्रहरु के के हुन् ? लगायतको गतिविधि समेटेर अभिमूखीकरण गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख खड्का सहित पर्यटन समितिका सदस्य, कर्मचारी समेतले बालबालिकालार्य अभिमूखीकरण गराएका थिए ।

गणेश माबिमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खत्रीले बालमैत्री वडा घोषणाको तयारी भैरहेको बेला पर्यटन प्रवद्र्धन बारेपनि बालबालिकाले जान्ने र बुझ्ने अबसर पाएको बताए । साथै उनले बालमैत्री नगर बनाउने अभियानको थालनी पनि वडा नं. १४ बाटै गर्न सकिने र त्यसमा बिद्यालय, बिद्यार्थी र शिक्षकको भूमिका अग्रणी रहेको बताए ।

१ सय३७ जनाको भेलाले संचार पौडेलको अध्यक्षतामा १५ सदस्य रहेको पर्यटन बिद्यार्थी समिति गठन गरिएको प्रधानाध्यापक एकनाथ रिजालले बताए । समितिको सदस्यहरुमा सन्देश लामिछाने, अंकित रोका, इशान केसी, सुलभ पौडेल,विप्लब क्षेत्री, सक्षम बस्नेत, सज्जन पौडेल,अंकित नेपाली,सोम प्रधान, अमित खत्री र मुकेश श्रेष्ठ रहेका छन् । बिद्यालयले नगर बिद्यार्थी पर्यटन समितिकालागि सन्दिपा पौडेल, सोहन नेपाली, जेनिशा रोका र आविस्कार बिक लाईचयन गरेको छ । नगरपालिकाले जनताधन माबिमा पनि समिति गठन गरिसकेको बताइएको छ ।
नगर पर्यटन समितिले नगरभित्रका विभिन्न १२ वटा पर्यटकीय क्षेत्रको क्युआर बिवरण समेत तयार पारिसकेको छ । उक्त क्युआर मार्पmत पर्यटकले तीक्षेत्रको जानकारी लिन सक्नेछन् ।पर्यटन प्रवद्र्धनकालागि उक्त क्युआर उपयोगी बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->