बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा रुखबाट लडेर बृद्धको मृत्यु

बडिगाडमा रुखबाट लडेर बृद्धको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकामा घाँस काट्ने क्रममा रुखबाट लडेर ७० बर्षिय बृद्धको मृत्यु भएको छ । शुक्रबार बिहान घरछेउको खरबारीमा घाँस काट्नका लागि रुखमा चडेका ७० बर्षिय दलबहादुर गुरुङको काउलाको रुखबाट लडेर मृत्यु भएको हो ।

रुखबाट खसेर घाईते हुनुभएका गुरुङलाई परिवारले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वुर्तिबाङ पुर्याएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ बिजय यादवले बताए ।

गुरुङको शव स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान र पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->