बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नगर खानेपानीको कार्यालयमा युवा संघको ताला

नगर खानेपानीको कार्यालयमा युवा संघको ताला


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८१, बिहिबार

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले कार्यालयमा तालावन्दी गरेको छ । जिल्ला अध्यक्ष बुद्ध बोहराको नेतृत्वमा संस्थाको कार्यालय पुगेको युवा संघको समुहले अध्यक्ष र प्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

महंगिको मारमा रहेका उपभोक्तालाई थप मार पर्नेगरी न्युनतम महशुल बृद्धि गरेको, पानीको बक्यौता महशुल अशुल गर्नुपर्नेमा थप गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक बर्षको व्ययभार चालु आर्थिक बर्षमा ल्याएको र जिम्मेबार व्यक्तिहरुबाटनै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालावन्दी भएको हो ।

युवासंघले उपभोक्ता हितको लागि तालाबन्दी गरेकाले आफ्ना माग सम्बोधन नगरी कुनैपनि कृयाकलाप गरे जस्तोसुकै कदम चाल्न बाध्यहुने अध्यक्ष बुद्ध बोहराले बताए । नियमित खानेपानी उपलव्धताका लागि प्राबिधिक र अन्य कर्मचारीको कार्यकक्षमा भने ताला नलगाएको उनले बताए ।


पानीको उपलव्धता र सुद्धाको बिषयलाई लिएर बागलुङ नगरपालिका १ रामरेखाका उपभोक्ताले पनि कार्यालयमा ताला लगाएका छन् । स्वस्फुर्त कार्यालयमा पुगेका उपभोक्ताले बिलिङ काउन्टर, लेखा शाखा लगायतका शाखाहरुमा ताला लगाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->