बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उपभोक्तलाई बाच्न देउ : उपभोक्ता मञ्च

उपभोक्तलाई बाच्न देउ : उपभोक्ता मञ्च


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८१, आइतबार

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सार्वजनिक यातायात बन्द नगर्न आग्रह गरेको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पार्द उपभोक्ताका मारमा परेको मञ्चले जनाएको छ । गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै आइतबार बिहानैदेखि गण्डकी प्रदेशभर यातायातका साधन ठप्प पारेका छन् ।

यातायातका साधन जस्तो संवेदनशिल क्षेत्र ठप्प हुँदा उपभोक्ताको दैनिकीमा असर गर्ने भन्दै मञ्चले बाच्न पाउने उपभोक्ता अधिकार कुण्ठीत भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले कुनैपनि बहानामा यातायातका साधन बन्द गर्ने वातावरणको अन्त्य गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->